पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि
१४ असार २०७८, सोमबार १७:१४

.
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन हिजोको तुलनामा आज संक्रमित संख्या बढेको हो ।
२४ घण्टामा ६६४८ जनाको पीसीआर तथा ४९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा २४४४ जनामा संक्रमण पुष्टि भएको हो । ।
त्यस्तै, देशैभर ४२ जना संक्रमितको मृत्यु भएको छ भने ३८५३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
देशभर हालसम्म ३७ हजार ९५० संक्रमित संख्या रहेका छन् भने मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।