असार १८ देखि लामो दुरीका सवारी पनि चलाउने भन्दै यातायात व्यवसायीद्धारा सरकारलाई चेतावनी

काठमाडौं । यातायात व्यवसायीले लामो तथा छोटो दुरीका सबै सवारीसाधन चलाउन पाउने माग गरेको छ । उपत्यकामा आजदेखि सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलेपछि लामो दुरीका सवारी पनि चलाउन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको हो ।
यातायात व्यवसायी संघले एक विज्ञप्ति जारी गर्दै असार १८ गतेदेखि लामो तथा छोटो दुरीका सवारी पनि चलाउने भन्दै सरकारलाई चेतावनी दिएका छन् । यातायात व्यवसायका ५ वटा संगठनले सरकारलाई दबाव दिदै सबै क्षेत्रका लामो तथा छोटो दुरीका यातायात सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।
संघले जारी गरेको विज्ञप्तिमा अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने जस्तो महत्वपूर्ण सार्वजनिक यातायात क्षेत्र भने सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यवहारिक रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
विज्ञप्तिामा भनिएको छ ः ‘सार्वजनिक सवारी साधन सुरक्षित रुपमा सञ्चालन गर्ने विषयमा हामीले दिएका सुझावलाई वेवास्ता गर्दै सरकारले एकांकी रुपमा असार १५ गतेबाट सवारी सञ्चालन गर्ने विषयमा अव्यवहारिक निर्णय सच्याउन आग्रह गर्दछौं ।’
साथै यातायात व्यवसायीहरुले कोभिड महामारीको समयमा ३ महिना ठप्प रहेकोले सार्वजनिक यातायातमा भाडादर बढाउन समेत सरकारसमक्ष आग्रह गरेको छ ।