लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित बढे, पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि

१६ असार २०७८, बुधबार १६:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारले एक सातादेखि लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

हिजो २६२६ जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसभन्दा अघिल्लो दिनमा २४४४ जनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार पछिल्लो समय कोरोना संक्रमणको संख्या क्रमशः बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ६८ जनामा गरिएको परिक्षणमा २८९२ जनामा कारोना पोजेटिभ देखिएको हो । मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ वटा एन्टिजेन परीक्षणबाट १००३ जनामा पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो सँगै हालसम्म ९११२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ३५९७ जना भने कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । नेपालभर अहिले ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*