कांग्रेस सभापति शेर बहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त, आजै शपथग्रहणको तयारी

२९ असार २०७८, मंगलवार १४:०६

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्री पदमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको सूचना अनुसार कांग्रेस सभापति देउवालाई नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो ।

डडेल्धुरा–१ स्थायी ठेगाना भएका देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका छन् । उनी यसअघि २०७३ साल, २०६० साल, २०५८ साल र २०५४ सालमा प्रधानमन्त्री भई नेपालको बागडोर सम्हालिसकेका व्यक्ति हुन् ।

यसैबीच, नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । उनले माओवादीसहितका व्यक्तिहरुलाई मन्त्री बनाएर लैजाने तयारी गरेका छन् । स्रोतका अनुसार मन्त्रालय भागबण्डाबारे प्रचण्डसँग छलफल गरेपछि मन्त्रिपरिषद कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।

उता, आजै शपथ ग्रहण गर्ने तयारीमा राष्ट्रपति कार्यालय शितल निवास जुटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*