राधी विद्युत् कम्पनीको साधारण सभा सम्पन्न, ३६.५० % बोनस शेयर पारित

२९ असार २०७८, मंगलवार १६:१२

काठमाडौं । राधी विद्युत् कम्पनीको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो ।

सम्पन्न सभाबाट प्रस्तावित ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पारित गरेको छ । कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट कर वाहेक बोनस शेयर वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको हो ।

साथै सभाले गत आ.व.को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्दै बोनस पछि कायम चुक्तापूँजीको आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन तथा विक्री गर्ने तयारी गरेको हो ।

साथै चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २६ लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव ६३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ दशमलव ८५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*