पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

२९ असार २०७८, मंगलवार १६:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी कुल २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*