जनयुद्धका कमाण्डर शर्मा अर्थमन्त्री बन्दै

२९ असार २०७८, मंगलवार १८:०७

काठमाडौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिर्वतनमा महत्वपूर्ण भूमिका खेलेको १० वर्षे जनयुद्धका कमाण्डर जनार्दन शर्मा प्रभाकर आज गठन हुँदै गरेको नयाँ सरकारमा अर्थमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले आजै घोषणा गर्न लागेको सानो आकारको मन्त्रिपरिषदमा माओवादीबाट दुई जना जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जा मन्त्री बन्ने लगभग निश्चित भएको माओवादी केन्द्र निकट स्रोतले जानकारी दिएका छ । त्यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् । स्पष्ट बक्ता जनार्दन शर्मा २०५२ देखि २०६२ सम्म चलेको १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाका सैन्य कमाण्डर थिए ।

अर्थमन्त्रालयको जिम्मेवारीमा पूर्व सैन्य कमाण्डरको प्रवेशसँगै निवर्तमान अर्थमन्त्री विष्णु पौडेलको पालामा सेटिङ गर्ने कार्यमा संलग्नहरु माथि कारवाही गर्ने विश्वास गरिएको छ ।

आजै शपथ ग्रहणको तयारी गरेका अन्य मन्त्रीहरुमा ज्ञानेन्द्र बहादुर कार्की कानुन र बालकृष्ण खाँड गृहमन्त्री रहेका छन् । सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री देउवाले शपथ ग्रहणको तयारी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*