नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ लिन अस्वीकार
२९ असार २०७८, मंगलवार १९:०६

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिन अस्वीकार गरेका छन् । नियुक्ती प्रक्रिया नमिलेको भन्दै नेपाली कांग्रेसका सभापति देउवाद्वारा प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका हुन् ।
राष्ट्रपति कार्यालयले आज जारी गरेको सूचनामा नेपालको संविधानको धारा नै उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम भन्ने व्यहोराको नियुक्ती पत्र दिएपछि नव नियुक्त प्रधानमन्त्री देउवाले शपथ लिन अस्वीकार गरेको शितल निवास स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले शपथ लिन नमानेपछि शपथग्रहण कार्यक्रममा ढिलाई भएको छ ।
प्रम देउवाले नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेमा मात्रै शपथ लिने अडा लिएपछि शितल निवासमा तनाव बढेको छ ।