चार मन्त्रीसहित प्रधानमन्त्री शेर बहादुर देउवाले लिए शपथ

२९ असार २०७८, मंगलवार २१:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्ती गर्दा संविधानको धारा उल्लेख नगरेको विषय सच्याएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले चार जना मन्त्रीसहित शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले शपथ लिए लगत्तै चार जना मन्त्रीहरुलाई पनि शपथग्रहण गराइएको छ ।

मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएपछि बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई पद तथा गोपनियताको शपथ गराइएको हो ।

प्रधानमन्त्री देउवाको सानो मन्त्रिपरिषदको कार्य विभाजन अनुसार बालकृष्ण खाँड गृहमन्त्री भएका भन् भने ज्ञानेन्द्र बहादुर कार्की कानुन मन्त्री बनेका छन् । त्यस्तै जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् भने पम्फा भुसाल उर्जा मन्त्री बनेकी छिन् ।

राष्ट्रपति कार्यालयले नियुक्ती दिँदा पनि बदनियतपूर्वक संविधानको धारा नै उल्लेख नगरेको भन्दै देउवाले अड्डी कसेपछि करिब दुई घण्टा ढिलो शपथग्रहण गराइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*