जनमुक्ति सेनाको डेपुटी कमाण्डरदेखि अर्थ मन्त्रीसम्म जनार्दन शर्मा प्रभाकरको यात्रा

बाल्यकालदेखि नै क्रान्ति, ०३६ सालदेखि पञ्चायत विरोधी ०४६ सालपछि सामन्ती, दलाल संसदीय व्यवस्था विरुद्धमा संघर्ष
२९ असार २०७८, मंगलवार २३:४५

काठमाडौं । २०२० सालमा रुकुमको खलंगास्थित शेरी गाउँमा जन्मिएका जनार्दन शर्मा प्रभाकरले आजबाट नेपालको राष्ट्रिय ढुकुटी व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७६ को धारा ५ बमोजिम गठन भएको शेर बहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका जनार्दन शर्मा २०६२ सम्म १० वर्ष चलेको सशस्त्र द्वन्द (जनयुद्ध) मा जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर समेत हुन् । भूतपूर्व जनमुक्ति सेनाका कमाण्डर शर्मा यसअघि शान्ति तथा पुननिर्माण मन्त्रालय र उर्जा मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

नव नियुक्त अर्थमन्त्री शर्मा रुकुम पश्चिम जिल्लाको खलंगा गा.वि.स. वडा नं. ३ सेरीगाँउमा गाउँ भरीकै सोझासाझा एवं मिलनसार ब्यक्तित्व इश्कन्द शर्मा स्कन्द र नर्मदा शर्माको कोखबाट भएको थियो । ६ सन्तान मध्येका जेठा प्रभाकर सानैदेखि क्रान्तिकारी स्वभाव चरित्रका थिए । छ सन्तान मध्ये जनार्दन शर्मा (प्रभाकर), उपेन्द्र शर्मा (शुभ), केदार शर्मा, विजय शर्मा, नारायणी शर्मा र अनिल शर्मा हुन् ।
२०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्धमा सुरुवाती समयदेखि सक्रिय सहभागी जनार्दन २०५६ सालमा पार्टीले गठन गरेको जनमुक्ति सेना नेपालमार्फत जिम्मेवारी सम्हाल्न पुगेका थिए । जनमुक्ति सेनाको छ वटा कमाण्ड मध्य पश्चिम कमाण्ड सम्हालेका उनले कैयौं मोर्चामा विजय प्राप्त गरेका थिए ।

पारिवारीक पृष्ठभूमि
उनी सानो छदा घरको उत्पादनले परिवारलाई खान पुग्दैनथ्यो । सानैदेखि घरको काममा सघाउनु, गोठबाट स्थानीय बजारसम्म दुध बेच्ने काम गर्नु उनको दैनिकी थियो । गाईवस्तु पाल्ने र घास, दाउरा गर्ने काम आमाले मात्र गर्नुपर्ने भएकोले सानैदेखि खाना पकाउने, भाई–बहिनीको हेरविचार गर्ने काम पनि गर्नुहुन्थ्यो ।

राजनीतिक यात्राः
रुकुमकै त्रिभुवन जनता माध्यामिक विद्यालयबाट जेनतेन एस.एल.सी. पास गरे । आफ्नो पढाइलाई बढाउने क्रममा एम.ए.सम्मको अध्ययन त्रिभूवन विश्वविद्यालयबाट गर्दागर्दै उहाँ भूमिगत भएका थिए । उनका बुबा स्कन्द शर्मा रुकुम जिल्लामा २०२२ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने मध्येका एक थिए । घरमा असल स्वभावका मान्छेहरु आउने, जाने, बैठक गर्ने गरेको हेर्दाहेदै कम्युनिष्ट बाटोमा लाग्न पुगेको बताउछन् –जनार्दन शर्मा । उनका प्रायः सबै परिवार नेकपा माओवादी केन्द्रसँग जोडिएका छन् ।
बुबा स्कन्द शर्माको मृत्यु भएको खबर पहिलो संकटकाल लागेको समयमा दुई महिना पछि मात्र थाहा पाएका जनार्दन शर्माले आमा नर्मदा भने २०४९ सालमा नै गुमाइसकेका थिए ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा प्रचार गर्दै पहिलो भोट हालेका जनार्दन शर्मा उतिबेला देखि नै देशमा क्रान्तिको लागि जस्तोसुकै यात्रा तय गर्न तयार भएर अघि बढिसकेका थिए ।

२०३८ सालमा एस.एल.सी.पास गरेर जागिर खान लागेका जनार्दन शर्मा आर्थिक रुपमा आईपरेको बाध्यता र बहुदलमा लागे बापत हुनसक्ने दमनबाट जोगिन तथा प्रशासनिक निगरानीबाट बच्न जे.टि.ए. (कृषि प्राविधिक) भई ५ वर्ष काम गरे । २०३६÷३७ को संघर्षको नेतृत्व गर्नेदेखि २०४३ सालमा वर्ग संघर्षका केही अभ्यासहरु गर्न सफल भए । यो टिमले केही गुरिल्ला कार्वाहीहरु पनि गरेको थियो । यो टिममा दौलत घर्तीको नेतृव्मा ११ जना गुरिल्ला रहेका थिए । हुकाम मैकोटमा चलेको संघर्षलाई अगाडि बढाउन त्यहाँ पार्टी संगठन विस्तार गर्न समेत लागिपरेका थिए ।

२०३८ देखि पछि विभिन्न बहाना र झुट्टा मुद्दा समेत लगाई पटकपटक गिरफ्तार भएर मानसिक तथा शारीरिक यातना प्रहरी हिरासतमा भोग्दै अघि बढेका थिए जनार्दन शर्मा ।

क.प्रचण्डसँग पहिलो भेटः
‘२०४२ कामीबुढाको हिल भन्ने गाउँमा जनमोर्चाबाट सांसद हुनु भएका खड्गबहादुर बुढाको घरमा प्रशिक्षण कार्यक्रममा भएको थियो । तर उनलाई थाहा थिएन । त्यो समयमा उनले एकजना पातलो, छरितो र प्रखर वत्ताको प्रशिक्षण पाए । ती दुब्लो पातलो ब्यक्तिको नाम थियो क.विश्वास उनी ने.क.पा.मशालका केन्द्रीय सदस्य थिए । साथमा एक गोरो, मोटो ब्यक्ति थिए । एक जना दुब्ला पातला ब्यक्तिसँग बारबार भेट हुने गरेको थियो । २०४६ सालमा ने.क.पा.मशालको पहिलो राष्ट्रिय सम्मेलन हँुदा यो थाहा भयो क.प्रचण्ड भनेका तीनै विश्वास रहेछन्, अनी मोटा चाही वादल, अर्काे पातलादुब्ला चाही बरिष्ठ नेता किरण पो रहेछन्’ पार्टीका शिर्षस्थ नेतृत्वसँगको पहिलो भेटबाट जनार्दन शर्माले भने ।

पहिलो भेटमै प्रचण्डबाट प्रभावित भएका प्रभाकरको तत्कालीन नाम एटम राखियो । उनले उक्त भेटमा ‘क्रान्ति गर्ने हो की होइन ? भनेर प्रश्न गर्दा, क.विश्वासले क्रान्ति कै लागि हामी लागिरहेका छौं, अब छिट्टै क्रान्ति गर्नुपर्छ भनेको कुराले कहिल्यै छोडेन र नछोड्ने स्मरण गर्दछन् प्रभाकर ।

२०४६ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विरुद्धमा र जनआन्दोलनको पक्षमा एकै साथ आन्दोलन गरेका प्रभाकर यतिबेलासम्म पार्टीका प्रभावशाली र आशाले भरिपूर्ण नेता बन्न थालिसकेका थिए । भारतले गरेको नाकाबन्दी विरुद्धको आन्दोलनमा सकृय भै सहभागी काठमाण्डौमा भएपनि जिल्लामा जाने आउने क्रम जारी रह्यो । पछि २०४६ को जनआन्दोलनमा कीर्तिपुरको सशक्त आन्दोलनको अभियानमा सरिक भएको उनीसँग ताजा स्मरण अझै छ । २०४६ सालको आन्दोलन वास्तविक अर्थमा जनताको मुक्ति आन्दोलन भएपनि बीचमा धोका दिएको भन्दै चैत्र २६ गतेको सम्झौता धोका भएको भन्दै उतिबेला नै पर्चा छरेका जनार्दन शर्मा सुधारिएको बहुलदीय शासन व्यवस्थाको विपक्षमा उभिँदै अघि बढिरहे ।

२०४६ सालको आन्दोलन कै बीचमा फागुन ३० गते लक्ष्मी शर्मासँग विवाह बन्धनमा बाँधिएका जनार्दन शर्मा बहुदल विरुद्धको आन्दोलन झनै घनिभूत पार्दै अघि बढ्न थाले । २०४७ साल जेठ १ गते ‘भेषे’लाई फासि दे भन्ने नाटकको अभिनय गर्नुकोसाथै रगतको बदला रगतले नलिए के क्रान्ति आउने, के शान्ति छाउने, गरिब जनताको ‘भन्ने जनवादी संगीतकार खुशीराम पाख्रीनको गीतमा बन्दुक लिएर नाचे बापत बहुदलीय कालको पहिलो राज्य विरुद्ध अपराध मुद्दा खेपेका थिए ।

आफ्नो राजनैतिक यात्रामा २०४८ को पहिलो आम निर्वाचनमा रुकुमको क्षेत्र नं.२ बाट प्रत्यासी भएका उनी क्रान्तिका लागि भन्दै जनतालाई भोट मागेका थिए । रुकुम घर भएका शर्मालाई पार्टीले दाङ्ग जिल्लामा डि.सि.एस.भएर ५ वर्ष काम गरे । थारु समुदायलाई संगठन विस्तार गर्न थारुवान मुक्तिमोर्चा स्थापना गरे । जनयुद्धको थालनीसँगै दाङ्गलाई राप्तीको आधार बनाउने उद्देश्य सहित दाङ्ग, प्यूठान र सल्यानको संयुक्त जिल्ला कमिटीको डि.सि.एस. भई सल्यान र प्यूठानमा समेत संगठन विस्तार गर्न सफल भए ।

जनमुक्ति सेनाको स्थापना र जनसैन्यमा जनार्दनको भूमिकाः

२०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादी सुरु गरेको जनयुद्धमा छापामार दलहरु बनाएर पश्चिम नेपालको पहिलो र सफल झिम्पे रेडको योजना बनाए । जनार्दन शर्माले उक्त जनकारवाहीको सम्पूर्ण योजनाकारका साथै कार्वाहीको नेतृत्वमा प्रत्यक्ष सहभागी भएका थिए । उनले लगत्तै झेल्लेटा कार्वाहीको योजना पनि बनाए र क.विवेकको राजनीतिक नेतृत्वमा क. राजेशको स्क्वाडलाई खटाए र उक्त कार्वाही पनि सफल भएपछि फौजी योजनाकारका रुपमा पार्टीले स्वीकार ग¥यो । २०५५÷०५६ मा उनी २ नं. प्लाटूनको राजनैतिक कमिसार भए भने पासाङ्ग १ नं र भक्तबहादुर शाह ३ नं. प्लाटून कमिसार । १ र २ नम्बर प्लाटूनको सहभागितामा अनन्तको राजनीतिक नेतृत्वमा महत कार्वाही सफल भएको थियो ।

जनार्दन शर्मा अब क. प्रभाकर बनिसेका थिए । सुरक्षा निकाय सैन्य क्षेत्रमा प्रभाकर भन्ने वित्तिकै डरलाग्दो कमाण्डर भन्ने पर्न थालिसकेको थियो । यही क्रममा उनले २०५७ सालमा सेती–महाकालीमा क्रान्तिको विस्तार गर्न जिम्मा पाए । त्यहाँ प्रारम्भीक स्तरबाट जनमुक्ति सेना निर्माणमा गरी त्यसलाई डिभिजनसम्म निर्माण गर्न सफल भए । सेतीमहाकालीको इञ्चार्ज र सैन्य कमिसारको भूमिका एकैसाथ उनले निभाएका थिए । सेतीमहाकालीमा लेखराज भट्ट, पम्फा भुसाल, हेमन्तप्रकाश ओली र जयराज भट्टसँग राम्रो सहकार्य गर्दै सेतीमहाकाली राष्ट्रिय मुक्तिमोर्चाको स्थापना समेत गरे । २०५४ को शुरुमै कैलालीमा किसान संघर्षलाई उत्कर्षमा पु¥याउनुकासाथै दमनका विरुद्ध प्रतिरोधका रुपमा लालबोझी कार्वाहीका एकीकृत अभियानहरु संचालन गरेर ठूलो उभार पैदा गर्न सफल भएका थिए ।

जनयुद्धको दौरानमा अर्घाखाँची, जुम्ला कार्वाहीमा वटालियनको राजनैतिक नेतृत्व गर्न पुगेका प्रभाकर सेती–महाकाली ब्यूरो इञ्चार्ज भए दुई वर्ष काम गरेपछि डिभिजन कमाण्डरमा बढुवा भएका थिए । उनले सेती–महाकाली र कर्णालीको फौजी कमाण्ड गर्न पुगे । पश्चिम नेपाललाई आधारइलाकामा बदल्न राजनैतिक र फौजी अभियानको समायोजन र प्रत्यक्ष कमाण्ड गदै क.प्रभाकरले पश्चिमलाई माओवादी जनयुद्धको एउटा किल्लाकै रुपमा खडा गर्न नेतृत्व प्रदान गर्न सफल भएका थिए ।

महाकालीदेखि कुसुमसम्मको राजमार्गलाई कब्जा र जाजरकोटदेखि अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुराका घनिभूत कार्वाहीहरुमा मुख्य कमाण्ड क.प्रभाकरकै रहेको थियो । प्रभाकरको पछिल्लो योजनामा पण्डौन, रम्भापूर, आमखैया, वडैपुर हुँदै पिली मोर्चाको प्रत्यक्ष कमाण्ड क.प्रभाकरले गर्न पुगेका थिए ।

यहाँसम्म आईपुग्दा जनार्दन शर्मा अब डेपुटी कमाण्डर भइसकेका थिए । उनले ढाडमा टेकेर टाउकोमा हान्ने युद्ध योजनाको कमाण्ड गर्दै गण्डकमा हजारौ शाहीसेनाका घेराबन्दीहरु विफल पार्दै पाल्पा, सुनवल, बुटवल, तौलिहवा र तीनगिरे जस्ता ठूल–ठूला आक्रमणको योजना र कमाण्ड गरेर जनमुक्ति सेनाको फिल्ड कमाण्डको रुपमा समेत आफूलाई परिचित गर्न सफल भएका थिए ।

प्रभाकरका अन्य रहर र रुचिहरु जान्न खोज्दा उनलाई पत्रकार बन्ने रहर थियो । त्यसैले आइ.ए.मा ५० पूर्णाङ्कको पत्रकारिता पढेका उनले बी.ए.मा पत्रकारिता पढ्नका लागि आर.आर. क्याम्पसमा भर्ना नपाएर फर्केका थिए । जनयुद्ध र पार्टी कामको सिलसिलामा थुप्रै मुखपत्रहरु प्रकाशन गरेका जनार्दन शर्मा अझै पनि बेला बेलामा आफूलाई पत्रकार बन्ने रहर पूरा नभएको बताउने गर्दछन् ।

शान्ति प्रक्रिया सुरु भएपछि उनी शान्ति तथा पुननिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् भने यसअघि उर्जा मन्त्रालयमा कुशलतापूर्वक काम गरेर जनताको मन जितिसकेका छन् । नेपाल विद्युत प्राधिकरणले अर्बौ रुपैयाँको बक्यौता उठाउन नसकेर हैरान भइरहेको बेला शर्माकै पालामा निकै राम्रा नीतिगत र प्रक्रियागत झन्झटहरुले मुक्ति पाएका छन् ।

संविधानसभा दुई पटक संविधानसभा सदस्य तथा एक हाल प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित जनार्दन शर्माले यसअघि लेखा समितिको सभापति हुँदा डलरमा पिपिए गर्न नदिएर ठूलो चलखेल रोक्न सफल भएका थिए । इन्दारपूर्वक सेटिङ र माफियागिरी रोक्न उद्यत रहने कुशल व्यक्तित्वको आगमन अर्थमन्त्रालयमा भएसँगै इमान्दार कर्मचारीहरुको मनोबल बढ्न पुगेको छ ।

जनताको बीचमा हुर्केका, आम जनताको दैनिन्य समस्याहरुबारे पर्याप्त ज्ञान भएका र रुकुमको विकट गाउँमा जन्मेका उत्साही व्यक्तित्व जनार्दन शर्माले आजबाट अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । जनताबाट उठाएको कर जनतामा वितरण गर्दा कसरी न्यायिक विधि अपनाउने र जनतामा समान वितरण गर्ने भन्ने कुरा सैद्धान्तिक रुपमा ज्ञान भएका तथा माक्र्सवादी विचारले लैस जनार्दनले आगामी दिनमा नेपालको अर्थतन्त्रमा दलाल, माफिया, घुसखोरी तथा सेटिङ गर्न खोज्नेहरुलाई ठेगान लगाएर राष्ट्रिय पुँजिको रक्षा गर्दै सर्वहारा बर्गको हितमा प्रयोग गर्न र माफिया, दलाल, सामन्ती बर्गको शोषण र उत्पीडनलाई रोक्न समक्ष हुने विश्वास जनताले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*