नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी
३० असार २०७८, बुधबार १२:३३

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै विभिन्न पदका लागि १७ जना कर्मचारीको माग गरेको हो ।
निगमले ४ तह देखि ६ तहसम्मका लागि खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीका मागेको हो । कम्पनीले तह ६ अन्तर्गत ७ जना सहायक प्रबन्धक, तह ५ अन्तर्गत ३ जना बरिष्ठ सहायक, तह ४ अन्र्तगत १ जना मेकानिकल मिस्त्री, तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटरको माग गरेको हो ।
योग्यता पुगेका इच्छुकले सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनको अवधिमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै नेपाल आयल निगमको बेबसाइडबाट अनलाईन आवेदन पनि दिन सकिने कम्पनीले जानकारी गराएको छ ।