अर्थमन्त्री शर्माद्धारा पदभार ग्रहण, जनताको पक्षमा काम गर्ने प्रतिबद्धता

३० असार २०७८, बुधबार १३:५४

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् । सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निम्न आय भएका, गरिब, निःसहाय जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा हिजो गठन भएको नयाँ सरकारको अर्थमन्त्रीका रुपमा नियुक्त भएका शर्माले भने, ‘म कुनै विश्व विद्यालयमा अध्ययन गरेर आएको, विज्ञ त होइन, तर यसको समस्या कहाँ छ, त्यसको पहिचान वैज्ञानिक हिसाबले गरेर समाधान निकाल्न सक्षम हुन्छु भन्ने विश्वास छ ।’

मन्त्री शर्माले बहुसंख्यक जनताको पक्षमा काम गर्ने आफ्नो लक्ष्य भएको बताए । उनले निम्न आय भएका जनता, दलित उत्पीडन बर्गले आज विश्वास र आशाको दृष्टिले हामीलाई हेरिरहेको बताउँदै सबै क्षेत्रको सुझाव ग्रहण गर्दै अघि बढ्ने बताए । नयाँ अर्थमन्त्री शर्माले सबै जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘ग्रामिण क्षेत्रका जनता, गरिब जनताको सुझावहरुलाई समेत ठीक ठाउँमा राखेर नीति निर्माण गर्नेछु । राष्ट्रको आवश्यकता के हो ? जोड दिनुपर्ने कुरा के हो ? प्राथमिकताहरु पहिचान गरेर अघि बढ्छौं ।’ पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्री शर्माले भने । उनले जनताको आकांक्षा पूरा गर्न मुठ्ठीभर जनताको नभई देशका ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनताका आवश्यकताहरुलाई प्राथमिकताका आधारमा पूरा गर्दै सबै जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

One thought on “अर्थमन्त्री शर्माद्धारा पदभार ग्रहण, जनताको पक्षमा काम गर्ने प्रतिबद्धता

  1. धिरज कुमार अग्रवाल says:

    आसा गरौ केही होला

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*