सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने सरकारको निर्णय, २० रुपैयाँ नभई बस चढ्न नपाइने

३० असार २०७८, बुधबार १७:३६

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने निर्णय गरेको छ । देउवा सरकारको पहिलो दिनमा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बृद्धि गर्ने निर्णय गरेको हो । यातायात व्यबस्था विभागले आज सार्वजनिक गरेको सवारी भाडादरमा भारी वृद्धि गरेको सूचना सार्वजनिक गरेको छ ।

विभागले हाल कायम सार्वजनिक यातायात भाडादरमा करिब २० देखि २८ प्रतिशतसम्म वृद्धि गरिएको हो । नयाँ भाडादर अनुसार यात्रुबाहकको बसको भाडादरमा २८ प्रतिशतले बृद्धि गरिएको छ । सो आधारमा अबदेखि न्यूनतम २० रुपैयाँ भन्दा कम मूल्यमा बस चढ्न पाइने छैन । यसअघि १५ रुपैयाँ रहेको न्यूनतम् भाडादर अब बृद्धि भई १९.२० रुपैयाँ पुगेको छ । सवारी साधनका व्यवस्थापकहरुले अबदेखि न्यूनतम् भाडादर २० रुपैयाँ लिनेछन् । त्यस्तै लामो दुरीका सवारी साधनमा पनि सोही अनुसार भाडा बृद्धि हुनेछन् ।

अहिले यात्रुबाहक सवारीको भडामा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहन सवारीको भाडा २० प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहन सवारीको भाडा २६ प्रतिशतले वृद्धि भएको यातायात विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*