सामाजिक सुरक्षा कोषविरुद्ध सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारीको प्रदर्शन

३१ असार २०७८, बिहीबार ११:३५

काठमाडौं । सामाजिक सुरक्षा कोषले आईएलओ अभिसन्धीको उल्लंघन गरेको भन्दै बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले प्रदर्शन गर्ने क्रम जारी छ । यसै क्रममा आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको विरुद्धमा प्रदर्शन गरेका छन् ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको नाममा कर्मचारीको विश्वव्यापी हक हनन् भएको भन्दै प्रदर्शन गर्दै आएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारीको संघका अध्यक्ष रघुनाथ भण्डारीको संयोजकत्वमा विहान १०ः०० बजेदेखि ३० मिनेटसम्म कालो ब्यानरसहित प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको सक्रिय सहभागिता रहेको थियो । अध्यक्ष भण्डारीले मजदुरको विश्वव्यापी हक हनन् गर्ने प्रयास भए कडा संघर्षको कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिए ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*