नागरिक उड्यनले माग्यो ठूलो संख्यामा कर्मचारी

३१ असार २०७८, बिहीबार १२:१३

काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि ठूलो संखयामा कर्मचारी माग गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

आर्थिक बर्ष २०७७/०७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्न लोकसेवा आयोगले सहमति प्राप्त भएअनुसार  प्राधिकरणले ठूलो संख्यामा कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिन प्राधिकरणको वेबसाईट caanepal.gov.np मा रहेको अनलाईन एप्लिकेशन फर्मबाट दरखास्त आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।

साथै असार ३१ गते बिहिबारको गोरखापत्र दैनिकमा उक्त सूचना प्रकाशित गरिएको छ ।

सूचना स्रोत ः गोरखापत्र अनलाईन डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*