पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

३१ असार २०७८, बिहीबार १२:३५

काठमाडौं । विभिन्न विद्यार्थी संगठनको विरोधपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । कम्पनीले एक सूचना जारी गर्दै इन्धनको मूल्य घटाएको जानकारी गराएको हो ।

इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै नेपाल आयल निमगले इन्धनको मूल्य घटाएको हो । निगमले तयार पारको नयाँ सूचिअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा १–१ रूपैयाँले घटाएको छ ।

सो अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*