सुनको मूल्य ५०० बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

३१ असार २०७८, बिहीबार १२:४५

काठमाडौं । सुनको मूल्य पछिल्लो दिनयता लगातार उकालो लागेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढोत्तरी भएको छ ।
अघिल्लो दिन सुनको मूल्य ३०० ले बढेको आज ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*