शेयर कारोबारका तीन बुँदा संशोधन, लगानीकर्तालाई थप फाइदा

३ श्रावण २०७८, आईतवार १४:०८

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजदेखि लागु हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको छ । नयाँ संशोधनपछि लगानीकर्ताले थप फाइदा पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन गर्दै धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागू गरेको हो । नेप्सेले विनियमावलीको विनियम (१२) को उपविनियम (१) मा संशोधन गरेको छ ।

जसअन्तर्गत अब प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही .कारोबार गनुपर्ने हुन्छ ।
यसअघिको प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने भनी उल्लेख थियो ।

त्यस्तै, नेप्सेले संशोधित उपविनियम अनुसार अब धितोपत्र व्यवसायीले धितोपत्रको कारोबारका लागि विनियम १२ बमोजिम मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्नुपर्नेछ ।

त्यसैगरि नेप्सेले मूल विनियमावलीको विनियम १३ को उपविनियम (२) संशोधित विनियमावलीबाट हटाएको छ । मूल नियमावलीको विनियम १३ को उपविनियम (२) मा यसअघि जुनसुकै कुरा लेखिएको भए पनि ५० रुपैयाँभन्दा कम मूल्यमा धितोपत्रको कारोबार हुने भएमा १ रुपैयाँभन्दा कम हुने गरी पैसा समेत उल्लेख गरी मूल्य परिवर्तन गरी मूल्य प्रविष्ट गर्न व्यवस्था गरेको थियो । सो व्यवस्था हटाइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*