प्रधानमन्त्री शेर बहादुर देउवाले पाए विश्वासको मत, १७ महिनासम्म सरकार नढल्ने

३ श्रावण २०७८, आईतवार २२:१२

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिन एमालेका नेता माधव कुमार नेपालसहितका सांसदहरु, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका सांसदहरुले मतदान गरेर विश्वासको मत दिइएको हो ।

शेर बहादुर देउवाले कूूल १६५ जना सांसदहरुको मत प्राप्त गरी विश्वासको मत प्राप्त गरेका हुन् । प्रस्तावको विपक्षमा ८३ मत प्राप्त गरेका छन् । मत दिन्न भन्ने पक्षमा एक मत परेको छ । नेपालको संविधानको उपधारा ६ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्थान गर्न एमालेकै माधव कुमार नेपाल सहितका नेताहरुले कांग्रेस सभापति देउवाको पक्षमा मतदान गरेका हुन् ।

नेपालको संविधानको धारा १०० अनुसार एक पटक प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिईसकेपछि दुई वर्षसम्म अविश्वासको मत प्रस्तुत गर्न नपाउने व्यवस्था छ । सो अवस्था अनुसार आगामी १७ महिनासम्म (वर्तमान प्रतिनिधिसभाको पुरा समयावधी) सरकारको नेतृत्व गर्न पाउने भएका छन् । साथै आगामी आम निर्वाचत समेत प्रधानमन्त्री देउवाले नै गराउने निश्चित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*