२४ घण्टामा थपिए ३१०८ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु

५ श्रावण २०७८, मंगलवार १७:२२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभर १३ हजार १३५ नमुना परीक्षण गर्दा ३१०८ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २५ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*