उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्छः अर्थमन्त्री

७ श्रावण २०७८, बिहीबार ०६:५९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको हालको उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘उपभोक्तामुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्ने कठिन चुनौति छ, त्यसको लागि नीतिगत, योजना र कार्यन्वयनका दृष्टिबाट एउटा संकल्पको आवश्यकता छ । स्थानीय र प्रदेश स्तमा साना उद्योगहरुका सञ्जाल स्थापना गरेर ति साना उद्योगहरुको बीचमा ठूला उद्योगहरु स्थापना गर्दै उक्त लक्ष्य हासिल गर्र्न सकिन्छ ।’

अर्थमन्त्री शर्माले औद्यौगिक क्षेत्रमा लगानी बृद्धिको आवश्यकता रहेको औल्याए । उनले भने, ‘आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्न औद्योगिकीकरण नै मुख्य आधार हो ।’ देशको भुक्तानी सन्तुलन मिलाउन र आयातमा भइरहेको ठूलो खर्च जोगाउन नयाँ सरकारले काम गर्ने बताए । अर्थमन्त्री शर्माले स्वदेशी उत्पादनको राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने बताउँदै प्रतिस्पर्धी मूल्यमा गुणस्तरीयतामा प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आजको आवश्यकता भएको बताए ।

देशको अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट नयाँ अवस्थामा पुर्याउन निजि क्षेत्र र सरकारका बीचमा सहकार्य आवश्यक रहेको बताए । अर्थमन्त्री शर्माले राजनीतिक र व्यवसायिक क्षेत्रमा एकताबद्ध भएर सहकार्य गरेर जानुको विकल्प नभएको बताए ।
मन्त्री शर्माले कोभिड महामारीबाट पीडित उद्योगीहरुको लागि राहत तथा पुनस्र्थापनासहितको प्याकेज ल्याउने बताए । अर्थमन्त्री शर्माले कोरोना महामारीले प्रभावित अर्थतन्त्र उकास्न विशेष राहत र पुनरुत्थानको कार्यक्रम ल्याउने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*