कोरोनाबाट भारतमा मात्रै ४९ लाख मानिसको मृत्युः हार्वर्ड विश्व विद्यालयको अध्ययन (रिपोर्टसहित)

७ श्रावण २०७८, बिहीबार १०:४२

एजेन्सी । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा जारी कोरोना महामारीबाट ४० लाख भन्दा बढि मानिसको मृत्यु भएको एक अध्ययनलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व प्रख्यात अमेरिकास्थित हार्वर्ड विश्व विद्यालय अन्तर्गत गरिएको अध्ययन प्रतिवेदनमा भारतमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ लाखसम्म पुगेको दावी गरिएको छ ।

भारत सरकारको आधिकारिक तथ्यांक अनुसार कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४ लाख १४ हजार छ । अमेरिकाको वाशिंटन तथा हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता रहेको थिंक–ट्यांक संस्था सेन्टर फर ग्लोबल डेभलपमेन्टले गरेको अध्यययनको क्रममा भारतमा कोरोना भाइरसबाट ४० लाखभन्दा बढिको मृत्यु भएको तथ्य फेला परेको हो । अनुसन्धानकर्ताहरु अभिसेक आनन्द, जस्टिन सन्डेफुर र अरविन्द सुब्रमन्यमले गरेको अध्ययनको क्रममा भारतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको गणना नै गर्न नसकिएको तथ्य औल्याइएको छ ।

सन् २०२० देखि गत जुन २१ तारिखसम्म कोरोना भाइरसबाट मृत्यु हुने भारतीय नागरिक सम्बन्धी सरकारी तथ्याङ झूठो भएको सो अनुसन्दानले देखाएको छ । वर्किङ पेपर ५८९ नाम दिइएको ३० पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सरकारी तथ्याङ्क भन्दा १० गुणा बढि मानिसको मृत्यु भएको दावी गरिएको छ । घरपरिवारमा खपत हुने खाद्यान्न, राज्यको आधिकारिक दर्ता गर्ने निकायको तथ्याङ्क र वैज्ञानिक पद्धतिको अन्तर्राष्ट्रिय उमेर समुहको अध्ययन गरी उक्त अनुसन्धान गरिएको थियो । भारत सरकारको निकायमा दर्ता भएको कूल मृतकको विवरणमा ३४ लाख मानिसको मृत्यु रेडर्क गरिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा शोधकर्ताहरुले भारतको कूल जनसंख्याको आधा हिस्सा रहेका विभिन्न ७ वटा राज्यको वाषिर्क मृत्युदरलाई आधार मानेका थिए । साथै उनीहरुले उमेरगत संक्रमणजन्य मृत्युको अन्तराष्ट्रिय दर, भाइरसबाट मृत्यु भएका मानिसहरुको संख्याका साथै देशव्यापी एन्टीबडी परीक्षण अर्थात् सेरो सर्भेका तथ्यांकहरु र भारतको उपभोक्ता सर्भेक्षणको तथ्यांक समेत विश्लेषण गरेको हार्वर्ड विश्व विद्यालयका अनुसन्धानदाताहरुले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

मृत्युको सम्भावना सम्बन्धमा अन्तराष्ट्रिय अध्ययनको विधिबाट विश्लेषण गरिएको अनुसन्धान प्रतिवेदनमा औल्याइएको छ । यी सबै विश्लेषणको आधारमा शोधकर्ताहरुले भारतमा हालसम्म महामारीको प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले ३४ लाख देखि ४९ लाख जनासम्मको मृत्यु भएको आँकलन गरेका छन् । उनीहरुले भारतका विभिन्न स्थानका आठ लाख मानिसमा गरेको अध्ययनको क्रममा सो कुराको खुलासा भएको दावी गरिएको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको अन्तिम संस्कारमा समेत समस्या भएको थियो । मानिसको मृत्युपछि शवलाई अन्तिम संस्कार गर्न नसक्दा नदिमा त्यतिकै बगाइएको थियो । विभत्स दृष्यले विश्वको ध्यान खिचेको भारतमा पछिल्लो १०० मा भएको मानव विनासको दुखान्त घटनाको रुपमा चित्रण गरिएको छ ।

भारत सरकारको पूर्व मूख्य आर्थिक सल्लाहाकार समेत रहेका अरविन्दु सुब्रमन्यमले आफुहरुको अध्ययनले भारतमा कोरोना महामारीका बेला ४० लाख मानिसको मृत्यु भएको देखाएको दि इकोनोमिक टाईम्सलाई जानकारी दिएका छन् ।

शोधकर्ताहरुका अनुसार भारतमा कोरोना भाइरस महामारीको पहिलो लहरमा नै २० लाख मानिसहरुको मृत्यु भएको अध्ययनले देखाएको छ । त्यस्तै दोस्रो लहरमा मृत्यु भएकाहरुको गणना गर्ने सबै सिष्टम कोल्याप्स भएकोले सम्भव नभएको दावी गरिएको छ । अनुसन्धान संलग्न चिकित्सक डा.जाकोब जोनलाई उध्रित गर्दै अल जनिराले जनाए अनुसार भारतमा कोरोना भाइरसको पहिलो लहरमा नै व्यापक मानिसहरुको मृत्यु भएको थियो भने दोस्रो लहरमा भयावह अवस्था बन्न पुग्यो । उनले लाशहरुको गणना समेत गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । अनुसन्धानदाताहरुले भारतको शहरी क्षेत्रमा मात्रै नभएर हजारौं ग्रामिण क्षेत्रमा कोरोना भाइरसले असंख्य संख्यामा मानिसहरुको मृत्यु भएको दावी गरिएको छ ।

कोरोना भाइरसको महामारीमा लाखौं मानिसको मृत्यु भएसँगै त्यहाँ सञ्चालित जीवन बीमा कम्पनीहरुको दावी भुक्तानीमा समेत उल्लेख्य मात्रामा बृद्धि भएको अनुमान छ । यद्यपि सो सम्बन्धमा कुनै औपचारिक प्रतिवेदन सार्वजनिक भएको छैन ।

अध्ययन प्रतिवेदन पूर्ण विवरण

three-new-estimates-indias-all-cause-excess-mortality-during-covid-19-pandemic

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*