नेपाल उद्योग परिसंघको अध्यक्षमा अग्रवाल चयन

७ श्रावण २०७८, बिहीबार ११:११

काठमाडौँ । नेपाल अद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा रहेका अग्रवाललाई परिसंघको १८ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो ।

अग्रवाल यस अगाडि परिसंघ अन्तर्गतको योङ इन्टरपे्रनर फोरम, परिसंघको पूर्वाधार विकास समितिको सभापति, पूर्ब फुटबल खेलाडी तथा नेपाल सुपर लिग विजेता काठमाडौँ रेजर्स फुटबल क्लबका प्रोमोटरमा समेत काम गरिसकेका छन् । साथै नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूतका एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशन समेत रहि काम गरिरहेका छन् ।

परिसंघको १८ औँ वार्षिक साधारणसभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको थियो जसमध्येबाट ७ जना उपाध्यक्ष चयन गरेको परिसंघले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*