सुनको मुल्य फेरी ७ सयले घट्यो

७ श्रावण २०७८, बिहीबार १२:०५

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मुल्य ७ सातले घटेको छ । बुधबार पनि सुन ७ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजारमा कारोबार भइरहेको थियो ।

आज बिहिबार पनि सुनको मुल्य ७ सयले नै घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, हिजो २० रुपैयाँले घटेको चाँदी आज पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*