साता पहिलो दिन सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

१० श्रावण २०७८, आईतवार ११:४९

काठमाडौँ । आज साताका पहिलो दिन बहुमूल्य धातु सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार तथा तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार भने छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज सुनको मूल्य सामान्य अंकले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी,आज चाँदीको भाउ प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*