पछिल्लो २४ घण्टामा २,२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

१० श्रावण २०७८, आईतवार १७:२४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी कुल २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५० जना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*