काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा

१० श्रावण २०७८, आईतवार १७:५७

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा लम्बिएको छ । आज काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले भोलि सोमबारदेखि लागु हुने गरी निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

गत साउन १ गते थप गरेको निषधाज्ञा आइतबार राति १२ बजेबाट सकिने भएकोले थप १० दिनलाई निषधाज्ञा यसअघिकै जस्तै सभा, सम्मेलन सिनेमा हल, पार्टी प्यालेस र क्लबमा हुने विभिन्न किसिमका कार्यक्रम गर्ने नपाउने गरी लम्ब्याइएको हो ।

साथै शैक्षिक संस्थाहरु पनि भौतिक उपस्थितिमा अध्यनअध्यापन गर्ने अनुमति दिइएको छैन । औषधी तथा स्वास्थ सामाग्रीका पसलबाहेक अन्य पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिने यस अघि कै निणर्यलाई मान्यता दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*