पशुपतिनाथको मन्दिरमा जलहरी लगाउँदा ११ किलो सुन भ्रष्टाचार !

११ श्रावण २०७८, सोमबार ११:३४

काठमाडौँ । भ्रष्टाचारी, घुस तथा कमिशनखोरहरुले धर्म, संस्कृति, आफन्त कोही नभनी घुस तथा रिसवत बापतको रकम लुड्याउन गर्दछन् । भ्रष्ट मानसिकता भएकाहरुलाई लाज, शरम, घीन तथा धर्मको डर भन्ने केही हुँदैन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको अनुहार नै हेर्दिन भन्थे तर, विभिन्न सेटिङमा आफै संलग्न हुने गरेको बीमा क्षेत्रको चर्चित घोटाला काण्ड हिमायन रि लाई हेरे पुग्छ । ओली सरकारकै पालामा भगवात पशुपतिनाथको मन्दिरमा समेत करोडौं रुपैयाँ घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

यही साउन ७ गते प्रकाशित आर्थिक दैनिकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. घनश्याम खतिवडा र सदस्य सचिव प्रदिप ढकालले मिलेमतोमा करिब नौ करोड रुपैयाँ मूल्य पर्ने ११ किलो सुन भ्रष्टाचार गरेको भन्दै समाचार प्रकाशित गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सो सम्बन्धमा उजुरी समेत परेको फेला परेको छ । अख्तियारमा परेको उजुरीमा पशुपति मन्दिरभित्रको शिवलिङ्गमा सुनको जलहरी लगाउने कार्यमा ११ किलो सुन घोटाला गरिएको दावी गरिएको छ । २०७७ फागुन ११ गते राति निर्माण सम्पन्न भएको सो कार्यमा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाको संयोजकत्वमा गठित जलहरी निर्माण तथा अनुगमन समितिका पदाधिकारी पुरातत्व विभागका महानिर्देशक, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, कार्यकारी निर्देशक तथा कोषका सदस्य राजु खत्रीको समेत संलग्नता दावी गरिएको छ ।

मन्दिरमा १०८ किलो सुनको जलहरी बनाउनु पर्नेमा ९७ मात्र प्रयोग गरिएको अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदा १०८ सुनको जलहरी लगाइको भनेर घोषणा गरिएको, कागजमा सबैतिर १०८ केजी सुन खपत भएको भनेर झुठा विवरण तयार पारिएको र फागुन ११ गते निर्माण सम्पन्न भएको मुचुल्का बनाउँदा भने खुद परिणामको सुन ८७ किलोको नै बनाइएकोले पशुपतिकोे जलहरीमा ११ किलो सुन भ्रष्टाचार भएको दावी गरिएको छ ।

सो सम्बन्धमा अख्तियारले अनुसन्धान सुरु गरेको प्राप्त समाचारमा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*