फुडमाण्डूमा इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई ३०० सम्मको छुट

११ श्रावण २०७८, सोमबार १३:२०

काठमाडौँ । नेपालको अग्रणी मोबाइल वालेट इसेवा र फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूबीच सहकार्य भएको छ । फुडमाण्डूले इसेवाबाट भुक्तानि गर्ने ग्राहकलाई २० प्रतिशतसम्म वा ३०० सम्मको छुट दिने भएको हो ।

फुडमाण्डूमा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा सबैंको रुची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज बनाएको हो ।

कोरोना महामारीमा मानिसहरुले घरबाटै अर्डर गरी अनलाइन पेमेन्ट गर्र्र्नेको सख्या ३० प्रतिशत भन्दा माथि रहेको छ । अहिले ठुलो सञ्जाल भएको इसेवासँग गरिएको उक्त सम्झौताले पछि अझ बढ्ने बिश्वास फुडमाण्डूले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*