पछिल्लो २४ घण्टामा ३४२१ जना कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

११ श्रावण २०७८, सोमबार १७:१७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

हाल देशभर २७ हजार ९०८ जना सक्रिय संक्रमित रहेको र ९ हजार ७३८ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*