नवलपरासी माथिको आकाशमा बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवरण

११ श्रावण २०७८, सोमबार १९:३३

काठमाडौं । काठमाडौं–धनगढी रुटमा रहेको बुद्ध एयरको एटिआर जहाज बुटवलमाथिको आकाशमा पुगेपछि काठमाडौं फर्काएर आपतकालिन अवतरण गराइएको छ ।

नियमित रुटमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित विमानस्थलमा फर्काएर आकस्मिक अवतरण गराइएको हो । सानो समस्या भएका कारण काठमाडौं फर्काइएको हुनसक्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीले जानकारी दिए । उड्डयन प्राधिकरणका अधिकारीले दिएको जानकारी अनुसार जहाजमा ठूलो समस्या थिएन, समस्या भएको भए जहाजमा इरर नोटिस गर्दा भैरहवा विमानस्थलबाट नजिकै थियो । मर्मत गर्न सजिलो हुने भएकोले काठमाडौं फर्काइएको हुनसक्छ । सो थप अध्ययन गरेपछि मात्रै केही भन्न सकिने प्राधिकरणले जनाएको छ ।

काठमाडौंबाट केहीबेर अघि अर्थात साँझ ५ः१९ बजे धनगढीका लागि उडेको बुद्ध एयरको ९एन–एएमडी जहाज साँझ ६ः०६ बजे काठमाडौंस्थित विमानस्थलमा सकुशल अवतरण गरेको छ ।

६९ जना यात्रु र चालक दलका सदस्य रहेको जहाजमा के समस्या आएको भनेर प्रष्ट पारिएको छैन । जहाज नवलपरासीको जमुने भन्ज्याङमाथिको आकाशमा १५ हजार ५०० फिटमाथि उडिरहेको अवस्थामा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।

त्यसैगरी, आजै साँझ ७ बजे बुद्धको अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फिर्ता गरेका हुन् । सो जहाज उनलाई काठमाडौं झारेर पुनः नेपालगन्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिइएको एक यात्रुले बीमा पोष्टलाई जानकारी दिए ।

हवाई दुर्घटना बीमा क्षेत्रका निकै जोखिमपूर्ण मानिन्छ । नेपालीमा बीमा कम्पनीहरुले हवाई बीमा गर्दा अधिकतम् ०.५ प्रतिशत मात्रै जोखिम वहन गर्ने गरेकोले बीमा बीमा कम्पनीहरुमाथि खासै ठुलो भार पर्ने गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*