कोरोना संक्रमित संख्या दिनहुँ बढ्दै, पछिल्लो २४ घण्टामा ३८९९ जनामा संक्रमण पुष्टि

१२ श्रावण २०७८, मंगलवार १६:५९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो दिनहरुमा कोरोना संक्रमितको संख्या दिनहँु बढ्दै गएको छ ।

अघिल्लो दिनमा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आज ३८९९ जनामा संक्रमण पुष्टि भएको हो । हिजोको तुलनामा आज ४७९ बढिले संक्रमित संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*