नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

१३ श्रावण २०७८, बुधबार ११:३५

काठमाडौं । नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको गभर्निङ काउन्सिलले ७ जनालाई उपाध्यक्ष चयन गरेको हो।

परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ। यसअनुसार निर्वाण चौधरी सिजी इलेक्ट्रोनिक्स, कृष्णप्रसाद अधिकारीचितवन उद्योग संघ, राजेशकुमार अग्रवाल राजेश मेटल क्राफ्ट, वीरेन्द्रराज पाण्डे नेपाल आदर्श निर्माण कम्पनी, राजबहादुर शाह राज ब्रुअरी, हेमराज ढकाल चन्द्रागिरि हिल्स र रोहित गुप्ता लक्की नेपाल परिसंघको उपाध्यक्ष चयन भएको छ ।

मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गर्नुभएको हो।परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट चयज भएका हुन् ।
परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन हुनुभएको हो। उहाँहरूको सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ।
कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*