यूनाईटेड मोदी हाइड्रोपावरका संचालक हिराचनले दिए राजिनामा

१३ श्रावण २०७८, बुधबार १७:३०

काठमाडौं । र्यूनाइटेड मोदी हाइड्रोपावरका संचालकले राजीनामा दिएका छन् । कम्पनीले आज एक सूचना जारी गर्दै संचालक सुकुन्त लाल हिराचनले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएको हो ।

साउन १३ गते कम्पनीको रजिष्टार्ड कार्यालयमा बसेको संचालक समितिको बैंकठले हिराचनले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले असार २० गते कार्य व्यस्तता तथा घरायसी कारण देखाई सो पदमा कार्य गर्न असमर्थ रहेको भन्दै राजिनामा पत्र पेश गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*