पछिल्लो २४ घण्टामा ३८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मुत्यु

१३ श्रावण २०७८, बुधबार १७:३३

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८९६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । हाल देशभरी २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*