यूनियन हाइड्रोपावरको अध्यक्ष बने कोइराला

१४ श्रावण २०७८, बिहीबार १६:२७

काठमाडौं । यूनियन हाइड्रोपावरले चौधौ वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै चौधौ वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति निर्वाचित भएको जानकारी गराएको हो ।

कम्पनीको गत जेठ २३ गतेको संचालक समितिको निर्णय बमोजिम कम्पनीको तेह्रौं (आ.व. २०७५/०७६) र असार २५ गते कम्पनीको रजिष्टार्ड कार्यालयबाट भर्चुअल माध्यमबाट भएको चौधौ (आ.व.२०७६/०७७)वार्षिक साधारण सभाबाट संचालकहरुको निर्वाचन गरी नयाँ संचालक समिति गठन गरेको हो ।

साथै असार २५ गते सम्पन्न कम्पनीको प्रथम संचालक समितिको बैठकबाट संचालक अध्यक्षमा रामजी प्रसाद कोइराला र कम्पनीको प्रबन्ध संचालकको रुपमा अभिज्ञा मल्ल नियुक्त भएको समेत जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*