पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण पृष्टि, १६ जनाको मृत्यु

१४ श्रावण २०७८, बिहीबार १७:०५

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५५५ जना पीसीआर परिक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, १ हजार ३७३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । हाल देशभर ३० हजार ३९० जना सक्रिय संक्रिमित रहेको छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*