थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि

१५ श्रावण २०७८, शुक्रबार १७:००

काठमाडौं ।आज थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

आज देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २७ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*