देशैभरि बाढीकाे बितण्डा, चितवनमा करोडौंको क्षति, बीमा दावी पर्नसक्ने

१८ असार २०७८, शुक्रबार ११:२७

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशैभरि ठूलो क्षति पुगेको छ । राजधानी काठमाडौंसहित प्रमुख शहरहरु बाढीबाट प्रभावित भएका छन् । नदिहरुमा बहाव बढेर तटिय क्षेत्रमा कटान गर्ने क्षति पुर्याउने कार्य भइरहेका छन भने ठूला र लाइफलाइन राजमार्गहरु पहिरोका कारण अबरुद्ध बन्न पुगेका छन् ।

लगातारको वर्षाका कारण सबैभन्दा बढि क्षति चितवनमा पुगेको छ । चितवनमा करोडौंको क्षति पुगेको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन् । चितवनमा रहेको बाबा ग्याँस उद्योगमा बाढीले ठूलो क्षति पुगेका छ । बैंकबाट ऋण लिएकाले सो उद्योगको करोडौंको बीमा दावी पर्ने अनुमान गरिएको छ । बर्षेनी बाढीको चपेटामा पर्ने गरेको बाबा ग्याँस उद्योग स्थानान्तरण नगरेका कारण यस वर्ष पनि बाढीमा डुबेको छ । उक्त ग्याँस उद्योगको सयौं सिलिण्डर बाढीले बगाएको छ ।

पछिल्लो २४ घण्टादेखि लगातार वर्षा जारी रहेकोले जनकपुर, सप्तरी, झापा, सर्लाही, रौतहट, बारा, पर्सा चितवन र नवलपरासीमा ठूलो क्षति पुगेको छ । सयौं घर तथा भवनहरु डुबेका छन् ।

बाढीबाट भौतिक सम्पत्ति नष्ट भई क्षति पुग्नुका साथै अविरल वर्षाका कारण गोदाममा राखिएको मालबस्तुमा क्षति पुग्न गई ठूलो रकम बीमा दावी पर्ने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*