पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना संक्रमण पुष्टि

१८ असार २०७८, शुक्रबार १७:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनामा गरिएको परिक्षणमा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा गरी देशभर कुल २२९९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै देशमा हालसम्म ६ लाख ७८ हजार ८०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना संक्रमणमुक्त भई निको भइसकेका छन् । त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार १७९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*