यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेड पायो
१९ असार २०७८, शनिबार ०७:०८

काठमाडौं । ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। यो गे्रड नेपालमै हालसम्म उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो।
५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठूलठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ।
आवास घर निर्माणसहित ठूला महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट निधक्कसँग प्रयोग गर्न कम्पनीले जनाएको छ।