स्मार्ट टेलिकम मोबाइलको नयाँ स्कीम, दुई मिनेट कुरागरेपछि बाँकी कल निःशुल्क

२० असार २०७८, आईतवार ०८:१२

काठमाडौं । स्मार्ट टेलिकम नामक मोबाइल सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताहरुको लागि नयाँ स्कीम सार्वजनिक गरेकोछ । कम्पनीले हिजो जनाए अनुसार स्मार्ट नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने नयाँ स्कीम ल्याएको हो ।

लामो कुराकानीलाई लक्षित गर्दै कम्पनीले यस्तो नयाँ स्कीम सार्वजनिक गरेको हो । स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न सकिने सुविधा ल्याएको हो ।

नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने र २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ । तर, अन्य नेटवर्कमा कुरा गर्दा पनि पुरै समयको पैसा लाग्नेछ ।

स्मार्ट प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । यस अफर प्रयोग गर्न स्मार्ट प्र्रयोगकर्ताहरुले निःशुल्क *१४१*१*५*१# डायल गर्नु सक्नु हुनेछ ।

स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकहरुमा पनि धेरै सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*