पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण पुष्टि
२० असार २०७८, आईतवार १७:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क हेर्दा संक्रमित संख्या केही घटेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ५५२ जना संक्रमणमुक्त भई निको भएका छन् ।