असार २२ गतेदेखि उपत्यकाको निषेधाज्ञा हटाइदै, दुवै नम्वरका सवारी साधन चल्ने

२० असार २०७८, आईतवार २२:४४

काठमाडौं । राजधानी काठमाडौंमा गत बैशाख १७ गतेदेखि लगाइएको निषेधाज्ञा आगामी असार २२ गतेबाट हट्ने भएको छ । यद्यपि विद्यालय, विवाह, प्रतबन्ध, खेलकूद, सिनेमा घरहरुमा लगाइएको प्रतिबन्ध भने जारी रहनेछन् ।

आज बसेको उपत्यका प्रशासनको निर्णय अनुसार असार २२ गतेबाट राजधानी उपत्यकामा सार्वजनिक यातायात र अन्य सबै प्रकारका यातायातका साधनहरु निर्वाध रुपमा सञ्चालन हुनेछन् । भिडभाड हुने केही सीमित व्यवसाय बाहेकका सबै प्रकारका व्यवसाय तथा कार्यालयहरु खोल्न अनुमति दिने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सिडिओ काली प्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौं प्रशासनको निर्णय अनुसार सैलुन, जिमखाना, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार, दोहोरी बार, क्लवहरु बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालनको लागि अनुमति दिइएको छ । त्यस्तै, सार्वजनिक स्थलका भेला, मन्दिरमा हुने पुजा, विवाह, ब्रतबन्ध जस्ता भिडभाड हुने कार्यमाथि प्रतिबन्ध लगाइएको बाहेकका सबै क्षेत्र खुल्ला गर्ने निर्णय भएको आज प्रकाशित सूचनामा जनाइएको छ ।

त्यस्तै, काठमाडौं बाहिरबाट राजधानी भित्र प्रवेशका लागि स्थानीय प्रशासनको अनुमति लिने पर्ने व्यवस्था गरिएको छ । असार २२ गतेदेखि लागू हुने गरी जारी गरिएको नयाँ व्यवस्था अनुसार विभिन्न परिक्षाहरु सञ्चालनको अनुमति दिइएको छ । त्यसैगरी, २५ जनासम्मको गोष्ठी, सेमिनार आयोजना गर्न सकिने व्यवस्था आज जारी सूचनामार्फत गरिएको छ ।

त्यसैगरी, गत बैशाख १७ गते जारी निषेधाज्ञा सकिएसँगै बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु पूर्ववत रुपमा सञ्चालन हुनेछन् ।

1सूचना_20210704_0001

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*