सुनको मूल्य तोलामा ३०० बढ्यो

२२ असार २०७८, मंगलवार ११:२७

काठमाडौं । सुनको मूल्य आज सामान्य बढोत्तरी भएको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० ले बढेको छ । अघिल्लो सोमबार सुनको मूल्य स्थिर रहेको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तोलामा ३०० ले बढेर छापावाल सुनको मूल्य ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० मा कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलवार चाँदीको भाउ पनि बढेको छ । सोमवार प्रतितोला १ हजार ३२५ मा कारोबार भएको चाँदी मंगलवार ५ ले बढेर प्रतितोला रू. १ हजार ३३० मा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*