पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि

२२ असार २०७८, मंगलवार १७:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुुकुलो भई हलपहल बढेपछि कोरोना संक्रमण दर बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७१८ जना र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९१६ जनासमेत गरी कुल २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १ हजार ६६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २७८ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*