कोरोना संक्रमणदर बढ्दै, पछिल्लो २४ घण्टामा २९७९ जनामा संक्रमण पुष्टि

काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै कोरोना संक्रमण संख्या बढ्न पुगेको छ । पछिल्लो २४ घण्टामा २९७९ जनामा संक्रमण पुष्टि भएको छ ।
अघिल्लो दिनको सोही अवधिमा २६३४ जनामा पुष्टि भएकोमा आज २९७९ जनामा पुष्टि भएको हो । जुन ३४५ जनाले बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । नेपालभर ७ हजार ८३५ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सोही अवघिमा १३३३ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।