कालोबजारीका अभियुक्तलाई पुनर्बीमाको लाइसेन्स दिँदै बीमा समिति

काठमाडौं । बीमा समितिबाट अनुमति पाउने चरणमा रहेको हिमालयन रि लि नामक पुनर्बीमा कम्पनीमा कालोबजारीका अभियुक्त मुख्य लगानीकर्ता भएको खुलेको छ ।
बीमापोष्टलाई प्राप्त ४० पृष्ठ लामो शेयर लगानीकर्ताहरुको सूचिमा गत वर्ष कोरोना महामारीको समयमा थर्मल गन (ज्वरो नाप्ने यन्त्र) कालोबजारी गर्दागर्दै प्रहरीले रंगेहात पक्राउ गरी मुद्दा चलाएको सुलभ अग्रवाल र उनको परिवारको दुई अर्ब ३३ करोड रुपैयाँको लगानी रहेको छ । बीमा समितिले गत बैशाख १६ गते सेटिङमा पुनर्बीमा कम्पनी दर्ता गर्न सूचना प्रकाशन गर्दा कुनै पनि फौजदारी र नैतिक पतन नभएको व्यक्ति संलग्न भएको हुनुपर्ने शर्त राखेको थियो । बीमा समितिले आफैले बनाएको मापदण्ड विपरित कोरोना भाइरसको महामारीको मौकामा ज्वरो नाप्ने यन्त्र कालोबजारीमा संलग्न अभियुक्त नै मुख्य लगानीकर्ता भएको हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिन लागेको हो ।
राज्यको उच्च नेतृत्वमा पहुँच पुर्याएर कीर्गिस्तानका अवैतनिक दूत बनेका सुलभ अग्रवालले कोरोना महामारीको समयमा दुई हजार पाँच सय रुपैयाँमा किनेको थर्मल गन २५ हजार रुपैयाँ मूल्य लिई विदेशी कुटनीतिज्ञको झण्डावाल गाडीमा पुर्याउन गएको अवस्थामा रंगेहात पक्राउ परेका थिए । पक्राउ परेका सुलभ अग्रवालका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । जिल्ला अदालतले २५ लाख २५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्ने आदेश दिएको थियो ।
कालोबजारी गरेर रकम जम्मा गर्ने सुभल अग्रवालको अस्वाभिक सम्पत्तिको विषयमा सम्पत्ति शुद्धिकरण विभागले छानविन सुरु गर्यो । सम्पत्ति शुद्धिकरणमा उनको आम्दानी कालोधन भएको सम्बन्धमा छानविन जारी छ ।
बीमा समितिले लाइसेन्स दिन लागेको हिमालयन रि नामक पुनर्बीमा कम्पनीमा सुलभ र उनका एकाघरका दाजु साहिल अग्रवालको जगदम्बा मोटर्स, कालिका फिनकोर्ड, एकार्ड क्याफटिन, जगदम्बा स्टील्सलगायतका १४ वटा कम्पनीको कूल दुई अर्ब ३३ करोड रुपैयाँको लगानी छ । कालोबजारी गरेर आर्जन गरेको धनको सम्बन्धमा अनुसन्धान जारी राखेकै बखत बीमा समितिले कसरी उत्कृष्ट कम्पनीको रुपमा छनौट गरेको हो भन्ने सम्बन्धमा प्रष्ट पारिसकेको छैन । हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिँदा अर्बौ रुपैयाँ अबैध लेनदेन गरी सेटिङमा लाइसेन्स दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ ।
यो त धेरै देश, जनता सबैको शुभचिन्तकहरु लाइ। दिइएको लाइसेन्स भन्न पाउनु पर्ने ठाउमा गिरोह-धन्दा चलाउनेलाई पो पुजा गरेर दिइएछ। हे कालो बजारिका नाइके बिमा समिति का अध्यक्ष ज्यु, बिमाको बिश्वास सक्ने रणनीति हो त?
Yo deshma ramro byabasayi chhainan ra?