प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
२८ असार २०७८, सोमबार १३:३१
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा आज फैसला गर्दै प्रतिनिधी सभा पुर्नस्थापना हुने फैसला गरेको छ ।
साथै सर्वोच्च अदालतले साेही मुद्दामाथि फैसला गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवि भण्डारीको नाममा परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतले २४ घण्टाभित्र प्रधानमन्त्री पदमा शेर बहादुर देउवालाई शपथ ग्रहण गराउन परमादेश जारी गरेकाे छ ।