माफिया र दलालका प्रिय विष्णु पौडेल अर्थ मन्त्रालयबाट आउट, भत्कियो सेटिङ

२८ असार २०७८, सोमबार १५:२९

काठमाडौं । तस्करी र माफियासँग सेटिङ गर्न सिपालु अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्रालयबाट बाहिरिएका छन् । पार्टीको पहुँच र प्रभावमा पारेर बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कुख्यात सेटिङ काण्डका मतियार तथा हालका अर्थमन्त्री विष्णु पौडेलको आगामी यात्रा आजबाट टुंगिएको छ । सर्वोच्च अदालतले संसद पुनस्र्थापर्ना गर्ने फैसला सुनाएसँगै वर्तमान सरकारको आजबाट विदा भएको छ ।

वर्तमान सरकारमा एक जना कुख्यात पात्र थिए–विष्णु पौडेल । अमेरिकी जासुसी संस्था सिआईएको एजेन्ट भएको आरोप बेलाबखत पार्टीभित्र समेत खेपेका पौडेल नेपालमा भने माफिया, दलाल र कमिशनखोरहरुका लागि काम गर्दै आएका थिए । अर्थमन्त्री पौडेलकै सेटिङमा बीमा समितिका अध्यक्षमा पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई नियुक्त गरी हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने निर्णय गराएका थिए । नेपालमा बिरलै घट्ने अर्बौ रुपैयाँको सेटिङमा अर्थमन्त्री पौडेलका बालुवाटार काण्डमा मतियार बनेकाहरु किरण कुमार श्रेष्ठ, जमुना श्रेष्ठलाई सित्तैमा शेयर दिई हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिइएको थियो ।

त्यति मात्रै नभई अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्डमार्फत समेत माफियाहरुको लागि काम गराएका थिए । उनले विश्व बजारमा विवादित बन्दै गएको कमोटिडिज मार्केट सञ्चालन गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन लगाएका थिए भने नयाँ स्टक ब्रोकरलाई लाइसेन्स दिएर करोडौं रुपैयाँको सेटिङ गर्दै थिए ।

जनताको सेवा भन्दा सेटिङ गर्न माफियाहरुसँग उठबस गर्ने व्यक्तिको परिचय बनाएका अर्थमन्त्री पौडेल आजबाट अर्थमन्त्रालयबाट बाहिरिएका छन् । मन्त्री पौडेलको अन्त्यसँगै उनको कार्यकालमा भएका भ्रष्टाचार र सेटिङमा संलग्नहरुलाई कारवाही गर्ने बाटो समेत खुलेको छ । अर्थमन्त्री युवराज खतिवडाले धेरै कुरामा जोगाएर अर्थतन्त्रलाई दरिलो बनाउँदै गर्दा गत वर्ष अर्थमन्त्री बन्न पुगेको पौडेलले यस अवधीमा ठेक्कापट्टा, भन्सार तथा बजेटमा नीतिगत भ्रष्टाचार गरेका थिए । उनले कालोधन नेपाल भित्राउन पाउने व्यवस्था बजेटमै व्यवस्था गरेका थिए ।

धनी र हुँदा खानेहरुले चढ्ने विद्युतीय कारमा कर कटौती गरेका अर्थमन्त्री पौडेलले किसानले पाउँदै आएको कृषि बीमा शुल्क अनुदान भने कटौति गरेका थिए । न्यून आय भएका किसानको ढाड सेक्ने अनि विलासी सवारी साधन चढ्ने तस्करी, माफिया, दलालहरुको पक्षपोषण गर्ने अर्थमन्त्र पौडेल दोस्रो पटक विदा भएका छन् । उनको विदाईसँगै बैंक, बीमा, पुँजि बजार लगायतका क्षेत्रमा भइरहेका सबै सेटिङहरु भत्किन पुगेका छन् । अर्थमन्त्री पौडेलको अन्त्यसँगै बीमा समितिले पनि थप नयाँ लाइसेन्स वितरण गर्ने अध्यक्ष सूर्य सिलवालको योजनामा पूर्ण विराम लाग्ने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*